logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • घरजग्गा कारोबार ६० प्रतिशतले बढ्यो, मङ्सिरमा २ अर्ब ८६ करोड रूपैयाँ राजश्व उठ्यो

    घरजग्गा कारोबार ६० प्रतिशतले बढ्यो, मङ्सिरमा २ अर्ब ८६ करोड रूपैयाँ राजश्व उठ्यो

    1.5K
    SHARES
    घरजग्गा कारोबार ६० प्रतिशतले बढ्यो, मङ्सिरमा २ अर्ब ८६ करोड रूपैयाँ राजश्व उठ्यो

    काठमाण्डौ । घरजग्गाको कारोबार ६० प्रतिशतले बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मङ्सिर महिनामा देशभर ४१ हजार ८ सय ५१ सङ्ख्यामा घरजग्गा कारोबार भएको छ ।



    जुन कार्तिकको तुलनामा ६० प्रतिशतले बढी हो । कात्तिकमा २६ हजार ४६ सङ्ख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्याङ्कले देखाएको छ । घरजग्गा कोरोबार बढेसँगै राजश्व पनि ३२ प्रतिशतले बढेको छ ।

    कात्तिकमा घरजग्गा कारोबारबाट सरकारलाई २ अर्ब १६ करोड रूपैयाँ राजश्व प्राप्त भएको थियो भने मङ्सिरमा दुई अर्ब ८६ करोड रूपैयाँ राजश्व प्राप्त भएको छ ।

    कात्तिकको तुलनामा मंसिरमा ह्वात्तै घरजग्गा बढेपनि असोजको तुलनामा भने दुई हजारको संख्यामा घरजग्गा कारोबार बढेको विभागको तथ्यांकले देखाएको छ।

    विभागको तथ्यांक अनुसार असोजमा देशभर ३९ हजार ८ सय ८१ संख्यामा घरजग्गा भएको थियो। असोजको तुलनामा मंसिरमा कारोबार बढे पनि राजश्व भने ४२ प्रतिशतले घटेको देखिन्छ।

    असोजमा सरकारलाई घरजग्गा कारोबारबाट चार अर्ब राजश्व प्राप्त हुँदा मंसिरमा दुई अर्ब ८६ करोड रूपैयाँ प्राप्त भएको छ।

    सस्तो जग्गा धेरे कारोबार भएको कारण राजश्वमा असर परेको नेपाल जग्गा तथा आवास विकास महासंघका एनएचएलडिएफका अध्यक्ष भेषराज लोहनीले बताए ।

    सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । केन्द्रीय बैंकले मंसिरको अन्तिममा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत घरजग्गा कारोबारमा केही लचिलो नीति लिएको छ । यसले आगामी दिनमा घरजग्गाको कारोबार अझै बढ्ने जानकारहरुको भनाइ छ ।


    अर्थ चाैतारी
  • सोमबार, २ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट