काठमाण्डौ । सरकारले मार्च तेस्रो सातादेखि बेलायतमा नर्स पठाउने तयारी गरेको छ । रोजगारीका लागि जाने नर्सहरुलाई आगामी मार्चको तेस्रो साताबाट पठाउनेगरी प्रक्रिया अघि बढाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
बेलायत पठाउन पहिलो चरणमा ४५ जना नर्स अन्तर्वार्ताबाट छनोट भएका छन् । बेलायत सरकारबाट आएको सम्झौतापत्र छनोट भएका ४५ जनालाई पठाइएको विभागका निर्देशक गोपालराज तिमिल्सिनाले बताए ।
बेलायत जान अन्तिम चरणमा छनोट भएका नर्सहरूलाई त्यहाँकै नेसनल हेल्थ सर्भिस फाउन्डेसन ट्रष्टले नै अभिमुखीकरण तालिम दिनेछ । बेलायत पुगेका नर्सहरूले पाँच वर्षसम्म ट्रष्ट अन्तर्गतका अस्पतालहरूमा सेवा दिनुपर्नेछ ।
अर्थ चाैतारी ।