logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • भारतमा कोरोनाको सबभेरिएन्ट फेला, सजग रहन विश्व स्वास्थ्य संगठनको आग्रह

    भारतमा कोरोनाको सबभेरिएन्ट फेला, सजग रहन विश्व स्वास्थ्य संगठनको आग्रह

    416
    SHARES
    भारतमा कोरोनाको सबभेरिएन्ट फेला, सजग रहन विश्व स्वास्थ्य संगठनको आग्रह

    काठमाण्डौ । भारतमा कोभिड–१९ को नयाँ सबभेरिएन्ट जेएन.१ को सङ्क्रमण फेला परेको छ । केरलामा ७८ वर्षीया महिलामा पहिलोपटक यसको सङ्क्रमण पुष्टि भएको हो ।



    केरलमा हाल १ हजार ३२४ जना सक्रिय सङ्क्रमित रहेका छन् । शनिबार कोभिड १९ को सङ्क्रमणबाट चार जनाको मृत्यु भएको थियो । सङ्क्रमितमध्ये कति जनामा नयाँ सबभेरिएन्टको सङ्क्रमण रहेको छ भन्ने चाहिँ पत्ता लागेको छैन किनभने यसका लागि जिनोम सिक्वेन्सिङ नै गर्नुपर्ने हुन्छ । केरल प्रशासनले सङ्क्रमितको सङ्ख्या बढे पनि नअत्तालिन आग्रह गरेको छ ।

    जेएन।१ ओमिक्रोनको सबभेरियन्ट बीए.२.८६ को उपप्रजाति हो । यसको स्पाइक प्रोटिनमा थप म्युटेसन भएकाका कारण स्वास्थ्य संस्थाहरू अलर्ट बनेका छन् । यो सब भेरिएन्ट सन् २०२३ को सेप्टेम्बरमा अमेरिकामा पुष्टि भएको थियो । त्यसपछि डिसेम्बर १५ मा चीनमा पनि ७ जनामा यस सबभेरिएन्टको सङ्क्रमण फेला परेको थियो ।

    अन्तर्राष्ट्रिय मिडियाका अनुसार हालसम्म ३८ वटा देशमा यस सबभेरिएन्टबाट सङ्क्रमित फेला परेका छन् । जेएन.१ सबभेरिएन्टकै सङ्क्रमणका कारण ती देशहरूका अस्पतालमा स्वास्थ्य परीक्षणमा आउने बिरामीहरूको सङ्ख्या बढेको बताइएको छ ।

    अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका अनुसार बीए.२.८६ मा स्पाइक प्रोटिनमा कूल २० वटा म्युटेसन रहेका छन् । स्वास्थ्य संस्थाहरूले बीए.२.८६ र जे.एन.ज्ञ बिचको स्पाइक प्रोटिनमा एउटामात्र म्युटेसन रहेको बताएका छन् । यस म्युटेसनलाई चिन्ताजनक मानिएको छ किनभने भाइरसले स्पाइक प्रोटिनको मद्दतले मानिसको कोषमा टाँसिने गर्दछ ।

    कोरोनाको सबभेरिएन्टबारे सजग रहन विश्व स्वास्थ्य संगठनको आग्रह

    विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोगहरू र कोरोनाको नयाँ सबभेरिएन्ट ‘जेएन वान’ बारे सजग रहन अनुरोध गरेको छ ।

    डब्लुएचओले भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको बताएको छ । सबै सदस्य राष्ट्रहरूले यस्तो अवस्थामा कडा निगरानी राखेर रोगको फैलावटलाई रोक्न आग्रह गरिएको छ । डब्ल्यूएचओले कोभिड–१९ मा संगठनको प्राविधिक नेतृत्व मारिया भान केरखोभको एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्तो अपिल गरेकी हुन् ।


    अर्थ चाैतारी
  • सोमबार, २ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट