logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • स्वदेशी वस्तुको उपभोग गर्न मुख्यसचिव अर्यालको अपिल

    स्वदेशी वस्तुको उपभोग गर्न मुख्यसचिव अर्यालको अपिल

    546
    SHARES
    स्वदेशी वस्तुको उपभोग गर्न मुख्यसचिव अर्यालको अपिल

    काठमाण्डौ। मुख्यसचिव डा. वैकुण्ठ अर्यालले स्वदेशी वस्तुको प्रयोग गर्न आम उपभोक्तालाई आग्रह गरेका छन् । स्वदेशी उद्योगलाई सफल बनाउनका लागि पनि आम उपभोक्ताले स्वदेशी वस्तुको उपभोग गर्ने बानी बसाल्नुपर्ने उनको भनाई थियो ।



    शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले आफूले नेपाल सरकारको सचिव भएयता प्रायः नेपाली जुत्ता नै प्रयोग गर्ने गरेको उल्लेख गर्दै आम उपभोक्ताले पनि त्यसरी नै प्रयोगमा ल्याए स्वदेशी उद्योगको पनि प्रवर्द्धन हुने बताए । उनले नेपाली वस्तु उत्पादनका लागि चाहिने पूर्वाधारको विकासमा सरकारले भरपुर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

    कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले स्वदेशी वस्तुको उत्पादनमा नै सरकारले सहयोग गर्नुपर्ने बताए । उनले जुत्ता लगायतका वस्तुहरूमा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख रहेको उल्लेख गर्दै त्यस्ता वस्तुहरूको उत्पादनमा सरकारको पनि सहयोगको अपेक्षा गरिएको बताए ।


    अर्थ चाैतारी
  • शनिबार, ७ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट