काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले बढेको जनाएको छ । संगठनले निकालेको प्रेस विज्ञप्तिमा पछिल्लो २८ दिनमा कोभिडका कारण विश्वभर तीन हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
डिसेम्बर १७ सम्ममा कोभिड–१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् । करिब ७० लाख कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ ।
कोभिड–१९ का एक लाख १८ हजारभन्दा बढी नयाँ सङ्क्रमित अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष आईसीयूमा भर्ना भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अर्थ चाैतारी ।