logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • काठमाण्डौ महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम गर्ने

    काठमाण्डौ महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम गर्ने

    832
    SHARES
    काठमाण्डौ महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम गर्ने

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न काठमाण्डौ महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा आज हस्ताक्षर भएको हो ।



    अब महानगरपालिकाभित्रका स्वास्थ्य प्रवद्र्धन केन्द्रहरू बीमा बोर्डमा सूचीकृत हुने र बीमा अन्र्तगको स्वास्थ्य उपचार दिन सुरू गर्ने महानगरले जनाएको छ ।

    स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति पत्रमा उल्लेख छ । यससँगै देशका ७५१ वटा स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ । अब काठमाण्डौको बुढानिलकण्ठ र नागार्जुन नगरपालिकामा मात्र यो कार्यक्रम लागू हुन बाँकी छ ।


    अर्थ चाैतारी
  • बुधबार, ११ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट