logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • उपभोक्ता ठग्ने तीन व्यापारिक पसललाई ५० हजार जरिवाना

    उपभोक्ता ठग्ने तीन व्यापारिक पसललाई ५० हजार जरिवाना

    1.4K
    SHARES
    उपभोक्ता ठग्ने तीन व्यापारिक पसललाई ५० हजार जरिवाना

    काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने तीन व्यापारिक पसललाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागले गरेको बजार अनुगमनका क्रममा विभिन्न बहानामा उपभोक्ता ठगेको पाइएपछि आर्थिक कारबाही गरिएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए ।



    विभागले १० पसलमा गरेको अनुगमनबाट ३ पसलले विभिन्न बहानामा उपभोक्ता ठगेको पाइएको प्रवक्ता पोखरेलले जानकारी दिए । उनका अनुसार छाउनीको किराना पसललाई २० हजार जरिवाना तिराइएको छ । यो पसलले खरिद बिलबिजक राख्नुपर्नेमा नराखेको पाइएको थियो ।

    यस्तै, यस्तै, छाउनीकै अर्को किराना पसललाई समेत २० हजार रुपैयाँ जरिवाना तिराइएको छ । यो पसलले समेत खरिद बिलबिजक नराखेको पाइएको विभागले जनाएको छ ।

    यसबाहेक, कुपण्डोलको रेडिमेड तथा थान कपडा पसललाई १० हजार रुपैयाँ जरिवाना तिराइएको छ । यो पसलले समेत अन्य दुई पसलको जस्तै बिलबिजक नराखेको पाइएको हो ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट