logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • कर फस्र्यौट आयोगका पदाधिकारीमाथिको जरिवाना बढाउन माग गर्दै सर्वोच्चमा मुद्दा

    कर फस्र्यौट आयोगका पदाधिकारीमाथिको जरिवाना बढाउन माग गर्दै सर्वोच्चमा मुद्दा

    728
    SHARES
    कर फस्र्यौट आयोगका पदाधिकारीमाथिको जरिवाना बढाउन माग गर्दै सर्वोच्चमा मुद्दा

    काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फस्र्यौट आयोगका तीन पदाधिकारीमाथिको बिगो र जरिवाना बढाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।



    विशेष अदालतले हालसम्मकै ठूलो बिगो र जरिवानासहितको फैसला सुनाए पनि त्यो चित्तबुझ्दो नभएको भन्दै सर्वोच्च पुनरावेदन गरेको हो ।

    विशेष अदालतले गएको असार ५ गते कर फस्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेश ढकाल र चुडामणि शर्मालाई कर फस्र्यौट आयोगमा रहेर काम गर्दा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गर्दै उनीहरुको कामबाट राज्यकोषमा ६ अर्ब १५ करोड ७० लाख रुपैयाँ नोक्सानी भएको ठहर गरेको थियो ।

     

    विशेष अदालतले उनीहरु हरेकलाई २ अर्ब ५ करोड २३ लाख बिगो अनि थप ४ अर्ब १० करोड रुपैयाँ तिराउनुपर्ने फैसला गरेको हो । आयोगका पदाधिकारीलाई नै ९ वर्ष कैद सजाय हुने फैसला भएको छ । आयोगका अध्यक्ष महतलाई थप एक महिना कैद सजाय तोकिएको भएपनि यो कम भएको भन्दै अख्तियारले विगो र कारबाही बढाउन माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेको हो ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट