logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ बीच साझेदारी

    सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ बीच साझेदारी

    741
    SHARES
    सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ बीच साझेदारी

    काठमाण्डौ। सफ्टवेयरलगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ बीच कोर बैंकिङ प्रणाली प्रयोग गर्ने समझदारी भएको छ।



    एक समारोहका बीच इन्फोडेभलपर्सका तर्फबाट सेल्स म्यानेजर अनिश कुमार झा र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष बसन्त मालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। उनले सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियमन र सुशासन कायम राख्न सहयोग पुर्‍याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा खुसी लागेको बताए ।

    यसैगरी, ललितपुर जिल्ला संघका व्यवस्थापक सन्तोष बजगाईँ र सहायक व्यवस्थापक भिम खड्काले यस साझेदारीले ललितपुरका सहकारीलाई डिजिटाइज एवं स्वचालित बनाउने बताए। इन्फोडेभलपर्सका सेल्स म्यानेजर अनिश कुमार झाले सहकारी क्षेत्रको स्वामित्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोषेढुङ्गा सावित हुने बताए ।

    साथै आगामी दिनमा अन्य जिल्ला सहकारी संघहरुसँग समेत सहकार्य गर्दै जाने उनले बताए । कार्यक्रममा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक सन्तोष बजगाईँ र सहायक व्यवस्थापक भिम खड्का, इन्फोडेभलपर्सका तर्फबाट सेल्स अफिसर श्रीधन डंगोलको समेत उपस्थिती थियो।

    सन् २००२मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रालि सहकारी र बैंक तथा बित्तिय संस्थाहरुको लागि कोर बैंकिङ प्रणाली,मोबाइल बैंकिङ तथा स्वचालित कार्यलय सञ्चालन प्रणालि विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो ।

    सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी र बैंक तथा बित्तिय संस्थाहरुको लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिने इन्फोडेभलपर्समा ३५० बढी कर्मचारीहरुले इन्फोडेभलपर्समा काम गरिरहेका छन्।


    अर्थ चाैतारी
  • विहिबार, २६ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट