logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सन् २०२३ मा चीनको निर्यात ४ दशमलव ६ प्रतिशतले घट्यो

    सन् २०२३ मा चीनको निर्यात ४ दशमलव ६ प्रतिशतले घट्यो

    793
    SHARES
    सन् २०२३ मा चीनको निर्यात ४ दशमलव ६ प्रतिशतले घट्यो

    काठमाण्डौ । सन् २०२३ मा चीनको निर्यात ४ दशमलव ६ प्रतिशतले घटेको छ । सो अवधिमा चीनबाट कूल ३३ खर्ब ८० अर्ब डलर बराबरको वस्तु निर्यात भएको छ ।



    एक वर्ष अघिको तुलनामा सन् २०२३ मा ४ दशमलव ६ प्रतिशत कम भएको चीनको भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । विश्वभर माग सुस्ताएसँगै गएको वर्ष सन् २०१६ यता पहिलो पटक चीनको निर्यात घटेको हो ।

    सन् २०२२ मा चीनको निर्यात एक वर्ष अघिको तुलनामा ७ प्रतिशतले बढेको थियो । गएको वर्ष विश्वको आर्थिक पुनः बहाली सुस्त रहेको भन्सार विभागका प्रवक्ता ल्यु दालियाङले बताए ।

    बाह्य माग सुस्त रहँदा चीनको निर्यात प्रभावित भएको उनको भनाइ छ । माग कमजोर नै रहने भएकोले सन् २०२४ मा चीनको मागले कठिनाइको सामना गर्ने उनको तर्क छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट