logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • औषधि उत्पादनको काम तत्काल सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

    औषधि उत्पादनको काम तत्काल सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

    1.2K
    SHARES
    औषधि उत्पादनको काम तत्काल सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको बताउदैँ आज दिउँसो नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् ।



     

    प्रधानमन्त्री प्रचण्डले नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्त्वपूर्ण रहेको समेत बताए । छलफलमा प्रधानमन्त्रीले नयाँ ढङ्गले काम अगाडि बढाउन समेत निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले अहिले २० वटा औषधि उत्पादनबाट काम सुरु गरेर भविष्यमा त्यसको गुण र मात्रा दुवै बढाउनुपर्ने समेत धारणा राखे । यसका लागि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयसँग थप छलफल गर्ने बताए ।

     

    छलफलमा लिमिटेडका अध्यक्ष न्यौपानेले लिमिटेडले १० प्रकारका औषधिहरू उत्पादन गरिरहेको र तत्काल २० प्रकारका औषधि उत्पादनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिएका थिए ।

    न्यौपानेले लिमिटेडले भुक्तानी गर्नुपर्ने पूर्ववत् दायित्वका कारण काम प्रभावकारी हुन नसकेको बताउँदै केही प्राविधिक जनशक्तिको व्यवस्था, मेसिनहरूको गुणस्तर वृद्धि र केही नयाँ मेसिनहरूको खरिद गरी उत्पादनको कामलाई व्यवस्थित तुल्याइने बताए ।


    अर्थ चाैतारी
  • आइतबार, २९ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट