logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • स्वास्थ्य बीमा कार्यक्रममा आजदेखि सह–भुक्तानी प्रणाली लागू

    स्वास्थ्य बीमा कार्यक्रममा आजदेखि सह–भुक्तानी प्रणाली लागू

    754
    SHARES
    स्वास्थ्य बीमा कार्यक्रममा आजदेखि सह–भुक्तानी प्रणाली लागू

    काठमाण्डौ । सरकारले आज देखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेन्ट) प्रणाली लागू गरेको छ ।स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ७ मा भएको व्यवस्था बमोजिम को–पेमेन्ट सम्बन्धी कार्यविधि निर्माण गरी आजदेखि कार्यान्वयनमा ल्याएको हो ।



    स्वास्थ्य बीमा बोर्डका अनुसार यस प्रणालीमा बीमित नागरिकले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भई सेवा उपभोग गर्दा तत्काल सेवा प्रदायक स्वास्थ्य संस्थालाई नियमअनुसार तोकिएको केही रकम तिनुपर्ने व्यवस्था गरिएको छ ।को–पेमेन्ट प्रणालीमा अब बीमितले तोकिएको स्वास्थ्य सेवा लिंदा लाग्ने कुल खर्चको १० प्रतिशत रकम बीमित स्वयंले तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जानकारी दिए ।

     

    स्वास्थ्य बीमा अन्तर्गत बीमितले अनावश्यक चेकअप गर्ने कार्यलाई कम गर्न को–पेमेन्ट सिस्टम लागू गरेको बसौलाले बताए । ‘

    आजदेखि लागू भएको उक्त प्रणालीमार्फत बीमितहरुले अब १० प्रतिशत खर्च व्यहोनुपर्नेछ । ‘एकजना परिवारबाट एक सदस्यले अब १ लाख रुपैयाँको सेवा लिएमा १० हजार रुपैयाँ अनिवार्य तिर्नुपर्नेछ’ उनले भने ।अस्पतालबाट प्रदान गरिने बहिरंग, अन्तरंग, निदानात्मक, उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी र पुर्नस्थापना सेवा लिंदा सह–भुक्तानी प्रणालीको व्यवस्था लागू हुने बसौलाले बताए ।

    ‘सबै अस्पताल र सबै वर्गका बीमितलाई भने सह–भुक्तानी प्रणाली लागू हुँदैन’ बसौलाले भने, ‘दिर्घरोग भई नियमित औषधी सेवन गरिरहेका बीमितहरुलाई यो व्यवस्था लागू गरिएको छैन र प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैया सम्मका सरकारी अस्पतालमा सह–भुक्तानी प्रणाली लागू हुँदैन ।’उनका अनुसार यसबाहेक आकस्मिक स्वास्थ्य सेवा लिंदा र नेपाल सरकारद्वार निःशुल्क प्रदान गर्नका लागि तोकिएका सेवाहरुमा समेत यो व्यवस्था लागू हुनेछैन ।

    साथै स्वास्थ्य बीमा लागू भएका अस्पताहरुले बीमितबाट लिइएको १० प्रतिशत रकमको बील वा भर्पाई अनिवार्य रुपमा उपलब्ध गराउनुपर्नेछ । साथै ९० प्रतिशत रकम भुक्तानीका लागि नियमअनुसार स्वास्थ्य बीमा बोर्डमा दाबी गर्नुपर्नेछ ।यसरी बीमित सेवाग्राहीबाट लिइएको १० प्रतिशत रकम र स्वास्थ्य बीमा बोर्डमा दाबी गरेको ९० प्रतिशत रकम सम्बन्धी प्रतिवेदन मासिक रुपमा स्वास्थ्य बीमा बोर्डमा अर्को महिनाको ७ गतेभित्र पेश गर्नुपर्ने बोर्डले जनाएको छ ।

    साथै बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको सुविधा योजना समेत बढाउने तयारी गरेको बसौलाले बताए । ‘हाल ५ जना सम्म सदस्य भएको परिवारले वार्षिक ३५ सय तिरेर १ लाख रुपैयाँ सम्मको सुविधा लिन पाउने व्यवस्था छ’ उनले भने, ‘बोर्डले योगदान रकममा पुनरावलोकन गरी सुविधाको दायरा बढाउने तयारी गरेको छ, अब छिट्टै बीमितले १ लाख भन्दा बढीको सुविधा लिन पाउनुहुनेछ ।’साथै स्वास्थ्य बीमा कार्यक्रममा हाल कायम रहेको सुविधा थैलीको औषधीको शुल्क पुनरावलोकन गर्ने कार्य एक महिनामा सम्पन्न गरी लागू गर्ने उनले बताए ।


    अर्थ चाैतारी
  • सोमबार, १ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट