logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सफ्टवेरिका कलेजको आयोजनामा ‘टेडएक्स सफ्टवेरिका- २०२४’ सम्पन्न

    सफ्टवेरिका कलेजको आयोजनामा ‘टेडएक्स सफ्टवेरिका- २०२४’ सम्पन्न

    702
    SHARES
    सफ्टवेरिका कलेजको आयोजनामा ‘टेडएक्स सफ्टवेरिका- २०२४’ सम्पन्न

    काठमाण्डौ । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले ‘टेडएक्स सफ्टवेरिका- २०२४’ कार्यक्रम सम्पन्न गरेको छ ।



    कलेजले गत पुस २७ गते शुक्रवार नेपाल पर्यटन बोर्डको हलमा ‘विगतलाई अङ्गाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने विषयवस्तुमा आधारित भएर ‘टेडएक्स सफ्टवेरिका- २०२४’ आयोजना गरेको हो ।

    कार्यक्रममा सपना देख्ने र सपना पुरा गर्ने विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरू वक्ताका रूपमा उपस्थित भएका थिए । उपस्थित दर्शकसँग उनीहरूले आ–आफ्नो अनुभव र बुझाइ बाँडेका थिए । उक्त कार्यक्रममा नविल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल केशरी शाहले खुसी खोज्ने र आफ्नो सर्वश्रेष्ठ संस्करण हुनुपर्नेबारे आफ्नो विचार व्यक्त गरेका थिए ।

    कार्यक्रममा पत्रकार ऋषि धमला लगायतका अन्य वक्ताहरुले आ–आफ्नो विचार राखेका थिए । सन् २०१० मा स्थापना भएको सफ्टवेरिका कलेजले नेपालमा शिक्षाको रूपान्तरण गर्न कोभेन्ट्री युनिभर्सिटी, बेलायतसँग सहकार्य गरिरहेको छ ।

    स्थापना कालदेखि नै कलेजले सूचना प्रविधि सम्बन्धी बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी जस्ता स्नातक कार्यक्रमहरू चलाइरहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट