logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • आज बेलायतमा १४ वर्ष यताकै सबैभन्दा चिसो

    आज बेलायतमा १४ वर्ष यताकै सबैभन्दा चिसो

    962
    SHARES
    आज बेलायतमा १४ वर्ष यताकै सबैभन्दा चिसो

    काठमाण्डौ। बेलायतमा सन् २०१० जनवरी यताकै सबैभन्दा चिसो रात आज हुनसक्ने त्यहाँको मौसम विभागले बताएको छ । स्थानीय समय अनुसार आज राति स्कटल्याण्डका केही भागहरूमा न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झर्ने सम्भावना रहेको मौसमविद्ले बताएका बीबीसीले जनाएको छ ।



     

    यसअघि त्यहाँको तापक्रम माइनस ८ डिग्रीसम्म पुगेको थियो । स्कटल्याण्ड र उत्तरी इङ्गल्याण्डमा यसअघि नै बाक्लो हिमपातका कारण विद्यालयहरू बन्द भइसकेको थियो । त्यस क्षेत्रमा पैदल यात्रा र गाडी सञ्चालनमा पनि समस्या छ ।

     

    बेलायतमा यो हप्ताको अन्त्यमा विनासकारी आँधी आउनुपूर्व ४० सेन्टिमिटरभन्दा बढी हिउँ पर्न सक्ने भन्दै त्यहाँको मौसम विभागले यसअघि नै चेतावनी जारी गरिसकेको थियो । चिसोबाट जोखिममा रहेका वृद्धवृद्धा र बालबालिकालाई जोगाउन त्यहाँका अधिकारीहरुले आग्रह गरेका खबरमा उल्लेख छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट