logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • बागमती प्रदेशमा दुर्गमका चिकित्सकलाई प्रोत्साहन भत्ता

    बागमती प्रदेशमा दुर्गमका चिकित्सकलाई प्रोत्साहन भत्ता

    572
    SHARES
    बागमती प्रदेशमा दुर्गमका चिकित्सकलाई प्रोत्साहन भत्ता

    काठमाण्डौ । बागमती प्रदेश सरकारले दुर्गम तथा विकट क्षेत्रमा स्वास्थ्य उपचार सेवा पुर्‍याउन चिकित्सकहरू तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।



    पुस २२ गते बसेको मन्त्रिपरिषद्ले दुर्गम क्षेत्रका चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । यसका लागि स्वास्थ्य मन्त्रालयले निर्माण गरेको कार्यविधि समेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । २२ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतको दुर्गम क्षत्रे विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालन सम्बन्धी कार्यविधि २०८० लाई स्वीकृत गरेको हो ।

    प्रदेशका नागरिकलाई प्रादेशिक अस्पतालहरूबाट गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता प्रदान गर्ने गरी कार्यक्रम कार्यान्वयनमा ल्याएको स्वास्थ्य मन्त्री उत्तम जोशीको भनाइ छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि सो कार्यक्रम कार्यान्वयन गर्न ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    प्रादेशिक अस्पतालमा गएर काम गर्न प्रोत्साहित गर्न र स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन उक्त निर्णयले महत्त्वपूर्ण साबित हुने मन्त्रालयको विश्वास रहेको छ । मन्त्री जोशीका अनुसार स्वास्थ्यकर्मीलाई प्रोत्साहन उपलब्ध गराउने निर्णयले प्रादेशिक अस्पतालको सेवा स्थायित्व कायम राख्न र स्वास्थ्य सेवा प्रवाहमा थप जिम्मेवार बनाउन भूमिका खेल्ने छ ।

    सो कार्यक्रम प्रदेशको काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लामा सञ्चालन गरिने छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट