logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • किसान बहुेउद्देश्यीय सहकारीको अध्यक्षमा तेस्राे कार्यकालका लागि सुरेन्द्रकुमार शाह निर्वाचित

    किसान बहुेउद्देश्यीय सहकारीको अध्यक्षमा तेस्राे कार्यकालका लागि सुरेन्द्रकुमार शाह निर्वाचित

    1K
    SHARES
    किसान बहुेउद्देश्यीय सहकारीको अध्यक्षमा तेस्राे कार्यकालका लागि सुरेन्द्रकुमार शाह निर्वाचित

    काठमाण्डौ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.१ मा प्रधान कार्यालय रहेको किसान बहुेउद्देश्यीय सहकारी संस्थाको संचालक समिति अध्यक्षमा तेस्राे कार्यकालका लागि सुरेन्द्रकुमार शाह सर्बसम्मत निर्वाचित भएका छन । २०७२ सालबाट किसान सहकारी संस्थाको अध्यक्ष बनेका शाह तेस्राे पटक अध्यक्षमा सर्बसम्मत निर्वाचित भएका हुन ।



     

    सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभाबाट सहकारी संस्थाको उपाध्यक्षमा टिकेन्द्र बहादुर थापा,सचिवमा लोकराज तिमिल्सेना, कोषाध्यक्षमा मयाराम धमला र सह सचिवमा दिनेश कुमार चलाउने सर्बसम्मत निर्वाचित भएका हुन । साधारण सभाबाट सदस्यहरु पनि सर्बसम्मत निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ,सदस्यमा पतिराम चौधरी,जयरुप बुढा, मनिराम न्यौपाने, सरोज कुमार शाह, चन्द्रा सिंह र निर बहादुर शाह सर्बसम्मत निर्वाचित भएका हुन ।

     

    त्यस्तै संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा नृपबहादुर कुँवर सर्बसम्मत निर्वाचित भएका छन भने सदस्यमा कृष्ण बहादुर रावल र देवानन्द बजगाई पनि सर्बसम्मत निर्वाचित भएका छन ।

     

    सभाबाट सहकारी संस्थाको जिल्ला प्रतिनिधीमा नमराज उपाध्याय पनि सर्बसम्मत निर्वाचित भएको सहायक निर्वाचन अधिकृत विष्णु प्रसाद खनालले जानकारी दिएका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, ३ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट