logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ललितपुरमा नापी सर्वेक्षक यादवसहित ३ जना साढे २ लाख घुससहित पक्राउ

    ललितपुरमा नापी सर्वेक्षक यादवसहित ३ जना साढे २ लाख घुससहित पक्राउ

    1.3K
    SHARES
    ललितपुरमा नापी सर्वेक्षक यादवसहित ३ जना साढे २ लाख घुससहित पक्राउ

    काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।



     

    आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    उनीहरूले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए ।


    अर्थ चाैतारी
  • बुधबार, १० माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट