logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • टेरामक्स प्रकरणमा अख्तियारद्वारा मुख्यसचिव अर्यालयसँग सोधपुछ

    टेरामक्स प्रकरणमा अख्तियारद्वारा मुख्यसचिव अर्यालयसँग सोधपुछ

    702
    SHARES
    टेरामक्स प्रकरणमा अख्तियारद्वारा मुख्यसचिव अर्यालयसँग सोधपुछ

    काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसँग सोधपुछ गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणालीमा घोटाला भएको भन्दै अख्तियारमा परेको उजुरीका सम्बन्धमा उनको नाम पनि मुछिएपछि अख्तियारले बयानका लागि बोलाएको थियो ।



    सोहीअनुसार अर्याल अख्तियार गएर आफ्नो कुरा राखेर फर्किएका हुन् । अख्तियार स्रोतका अनुसार आफूमाथि लागेका अभियोग र सोधिएका प्रश्नहरुको उनले विस्तृतमा जवाफ दिएर फर्किएका छन् । नीतिगत निर्णयमा आफ्नो नाम कसैले मुछेपछि आफूबाट कुनै गल्ती कमजोरी नभएको बयानमा उनले जिकिर गरेका छन् ।

    यसअघि पेमेन्ट गेटवे विवादमा पनि अर्यालले अख्तियारलाई बयान दिएका थिए । कानुनी पूर्वाधारविना टेरामक्स प्रणाली खरिद अघि बढाएको, सर्वोच्च अदालतको आदेशको आफू अनुकूल व्याख्या गरेको उजुरी अख्तियारमा छ ।

     

    यस्तै ट्याक्स हेभन मुलुकको कम्पनीसँग शंकास्पद कारोबार गरेको लगायतको विषयमा पनि उजुरी परेको छ भने अख्तियारले अनुसन्धानलाई तीव्र पारेको जनाइएको छ । यो प्रकरणमा केही राजनीतिक दलका नेता समेत जोडिएका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, ११ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट