logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री प्रचण्ड

    स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री प्रचण्ड

    702
    SHARES
    स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्छः प्रधानमन्त्री प्रचण्ड

    काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।



     

    आइतबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउन पर्नेमा जोड दिए । प्रतिष्ठानले आम जनसमुदायलाई पुर्‍याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लैजाने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।

     

    स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवाप्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु ।’


    अर्थ चाैतारी
  • आइतबार, १४ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट