logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • आईएसएमटी कलेजका ३१९ विद्यार्थी दीक्षित

    आईएसएमटी कलेजका ३१९ विद्यार्थी दीक्षित

    1.2K
    SHARES
    आईएसएमटी कलेजका ३१९ विद्यार्थी दीक्षित

    काठमाण्डौ । काठमाण्डौ स्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजका ३१९ जना विद्यार्थी दीक्षित भएका छन् । १२ माघमा होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहबीच बीबीए, बीएचएम, बीएस्सी आईटी (सीएसई) उत्तीर्ण ३१९ जना विद्यार्थीहरुलाई दीक्षित गरिएको कलेजले जनाएको छ ।



     

    समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई युनिभर्सिटीले विशेष अवार्ड समेत प्रदान गरिएको थियो । दीक्षान्त समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेन, सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि, अविभावकहरुको उपस्थिति रहेको थियो ।

     

    आईएसएमटी ग्रुपले काठमाण्डौ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बीबीए, बीएचएम, बीएस्सी आईटी (सीएसई), बीएस्सी (हन्स) साइबर सेकुरेटी एन्ड डिजिटल फरेन्सिक्स र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १५ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट