logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • संघीय मामिला मन्त्रालयले सरकारी कर्मचारीसँग माग्यो ‘नवीन सोच

    संघीय मामिला मन्त्रालयले सरकारी कर्मचारीसँग माग्यो ‘नवीन सोच

    1.8K
    SHARES
    संघीय मामिला मन्त्रालयले सरकारी कर्मचारीसँग माग्यो ‘नवीन सोच

    काठमाण्डौ । संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुमा अन्तर्निहित नवीन सोच तथा इनोभेटिभ आइडिया प्रस्फूटन गर्ने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी कार्यालयमा परिपत्र गरेको छ ।



    सरकारी कार्यालयका कर्मचारीबाट आएको सोच तथा सुझावलाई सार्वजनिक सरोकारका विषयमा उपयोग गर्ने मन्त्रालयको उद्देश्य छ । मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७९ देखि प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रतिभा डबली कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ को दफा ४ बमोजिमको निर्देशन समितिको गत माघ १५ गते बसेको बैठकले नवीन सोंच तथा इनोभेटिभ आइडिया माग गर्ने निर्णय गरेको हो ।

    मन्त्रालयका सहसचिव उमेश कुमार ढकालका अनुसार सबैबाट आएको बिचारमध्ये शीर्ष १० मा छनौट हुने प्रतियोगीले प्रत्यक्ष प्रस्तुतिकरण गर्नुपर्ने हुन्छ र उक्त कार्यक्रम टेलिभिजनमार्फत प्रसारण गरिन्छ । प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयलाई पुरस्कारको समेत व्यवस्था रहेको जानकारी ढकालले दिए ।

    1

    2

    3

    4


    अर्थ चाैतारी
  • बुधबार, १७ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट