logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अनुत्पादक र आफू अनुकूलका नियुक्ति रोक्न प्रदेश र स्थानीय तहमा अख्तियारको पत्र

    अनुत्पादक र आफू अनुकूलका नियुक्ति रोक्न प्रदेश र स्थानीय तहमा अख्तियारको पत्र

    689
    SHARES
    अनुत्पादक र आफू अनुकूलका नियुक्ति रोक्न प्रदेश र स्थानीय तहमा अख्तियारको पत्र

    काठमाण्डौ । प्रदेश र स्थानीय तहमा अनुत्पादक र आफू अनुकूलका नियुक्ति रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रवाटै अवगत गरी सर्कुलर जारी गरेको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तह र प्रदेशमा पत्रवाटै अवगत गरी सर्कुलर जारी गरेको हो ।



    प्रदेश तथा स्थानीय तहहरूमा कार्य सम्पादनका लागि भन्दै आवश्यक नभएका र सरकारी स्रोत साधनको अपव्यय हुने गरी प्रेस सल्लाहकार, स्वकीय सचिव, कानुनी सल्लाहकार, प्राविधिक तथा प्रशासनिक सल्लाहकारहरू नियुक्ति गर्दै आएका छन् । गुनासो आएपछि उसले त्यस्ता नियुक्ति रोक्न सुझाव दिएको हो ।

     

    पत्रमा लेखिएको छ, प्रदेश तथा स्थानीय तहहरुमा कार्य सम्पादनका लागि आवश्यक नभएका र सरकारी स्रोत साधनको अपव्यय हुने गरी प्रेस सल्लाहकार, स्वकिय सचिव, कानूनी सल्लाहकार, प्राविधिक तथा प्रशासनिक सल्लाहकारहरु जस्ता अनुत्पादक र आफू अनुकूलका व्यक्तिहरुलाई उक्त पदहरुमा नियुक्त गरेको भन्ने गुनासो आइरहेको सन्दर्भमा यस्ता अनुत्पादक र अनावश्यक पदहरु श्रृजना नहुने सुनिश्चित हुने गरी कानूनी व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यायल मार्फत सबै प्रदेशहरुलाई र स्थानीय तहबाट गरिने उल्लिखित प्रकृतिका नियुक्तिहरु प्रदेशको प्रचलित कानून विपरित हुने गरी नगर्न नगराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै प्रदेशहरुलाई र स्थानीय तहबाट गरिने उल्लिखित प्रकृतिका नियुक्तिहरु प्रदेशको प्रचलित कानून विपरित हुने गरी नगर्न नगराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरुमा सुझाव पठाएको छु ।


    अर्थ चाैतारी
  • विहिबार, १८ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट