काठमाण्डौ । सरकारले अहिलेसम्म दुई लाख २५ हजार नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराएको छ । परिचय पत्र छपाई र वितरणको काम गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले गर्दै आएको छ ।
विभागकाअनुसार राष्ट्रिय परिचयपत्रका करिब २६ लाख कार्ड छपाई भइसकेका छन् । तीमध्ये २ लाख २५ हजारभन्दा बढी कार्ड वितरण गरिसकिएको छ । १६ लाख ७० हजारभन्दा बढी कार्ड वितरणका लागि जिल्ला प्रशासन कार्यालयहरूमा पठाएको विभागले जनाएको छ । विभागले हालसम्म राष्ट्रिय परिचयपत्र बनाउन करिब १ करोड ३७ लाख नागरिकको विवरण सङ्कलन गरेको छ ।
मतदाता परिचयपत्र, जग्गाधनी पूर्जा, सामाजिक सुरक्षा कार्ड तथा अन्य सम्पत्ति, बैंकिङ कारोवार र सुरक्षासँग जोडिएका अभिलेख पनि राष्ट्रिय परिचयपत्रमा राखिन्छ ।
अर्थ चाैतारी ।