logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • साहारा सहकारी विरुद्ध उजुरी दिन चितवन प्रहरीको आह्वान

    साहारा सहकारी विरुद्ध उजुरी दिन चितवन प्रहरीको आह्वान

    1.3K
    SHARES
    साहारा सहकारी विरुद्ध उजुरी दिन चितवन प्रहरीको आह्वान

    चितवन । चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरूलाई उजुरी दिन आह्वान गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना सार्वजनिक गर्दै १५ दिन भित्र उजुरी दिन पीडितहरूलाई आह्वान गरेको हो।



    भरतपुर महानगरपालिका वडा नं।०३ लायन्सचोकमा केन्द्रीय कार्यालय रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयका पदाधिकारी, सेवा केन्द्र टाँडी र पर्सा शाखाका संस्थापक अध्यक्ष, कार्य समितिका पदाधिकारी र व्यवस्थापकसमेतले सहकारीमा आबद्ध रहेका निक्षेपकर्ताहरुको रकम ठगी गरेको कसुरमा जाहेरी आउने क्रम जारी रहेको भन्दै प्रहरीले उजुरी दिन छुटेका निक्षेपकर्तालाई १५ दिनको समय दिएको छ।

     

    प्रहरीले सहकारीका पदाधिकारी तथा व्यवस्थापक विरुद्धको ठगी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ। यस सहकारीबाट करिब ४० करोड हाराहारीमा रकम हिनामिना भएको अनुमान छ। तर उजुरी भने २५ करोड रुपैयाँ बराबरको परेको निक्षेप कर्ताको दाबी छ। यस सहकारीका सञ्चालक जीबी राई फरार छन्। यस सँग रवि लामिछानेको पनि नाम जोडिएपछि रास्वपाका नेता तथा कार्यकर्ता लामिछानेको बचाउमा लागेका छन्।


    अर्थ चाैतारी
  • शनिबार, २० माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट