logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • विमानस्थल सुरक्षा प्रमुख डीआईजी चन्दको राजिनामा अस्विकृत

    विमानस्थल सुरक्षा प्रमुख डीआईजी चन्दको राजिनामा अस्विकृत

    858
    SHARES
    विमानस्थल सुरक्षा प्रमुख डीआईजी चन्दको राजिनामा अस्विकृत

    काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको रितपूर्ण नभएको भन्दै राजिनामा फिर्ता गरिदिएको छ। चन्दको राजिनामा रितपूर्ण नभएको भन्दै प्रहरी प्रधान कार्यालयले स्विकृत गरेको हो।



     

    चन्दले घरायसी कारण देखाउँदै उनले राजीनामा दिएको पत्र आइतबार प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा पुगेको थियो। सोमबार महानिरीक्षक बसन्त कुँवरले उनलाई बिदा बस्न आग्रह गरेका थिए।

     

    उनलाई १० दिन बिदा बसेर आउन भनिएको प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिटको घटनामा डीएसपी, असई र जवानलाई कारबाहीको सिफारिस भएको विषयप्रति उनी रुष्ट थिए।


    अर्थ चाैतारी
  • सोमबार, २२ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट