logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अनुसन्धान नसकिए पनि व्यवसायी अरुण चौधरीलाई मंगलबार रिहा गर्न अदालतको आदेश

    अनुसन्धान नसकिए पनि व्यवसायी अरुण चौधरीलाई मंगलबार रिहा गर्न अदालतको आदेश

    1.1K
    SHARES
    अनुसन्धान नसकिए पनि व्यवसायी अरुण चौधरीलाई मंगलबार रिहा गर्न अदालतको आदेश

    काठमाण्डौ । जिल्ला अदालत काठमाण्डौले व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अनुसन्धान नसकिए पनि मंगलबार रिहा गर्न आदेश दिएको छ । बाँसबारी जग्गा घोटाला प्रकरणमा मुछिएका व्यवसायी अरुण चौधरीलाई (भोलि) मंगलबार रिहा गर्न काठमाण्डौ जिल्ला अदालतले आदेश दिएको हो । म्याद थपका लागि उपस्थित गराउँदा अदालतले माघ २२ देखि लागू हुने गरी दुई दिनको म्याद थप गरेपनि मंगलबारसम्ममा रिहा गर्न आदेश दिएको हो ।



    काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम अदालतले उक्त आदेश दिएको बताइएको छ । अदालतले सोही प्रकरणमा पक्राउ परेका अन्य दुई जनालाई पनि मंगलबारसम्मकै रिहा गर्न आदेश दिएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालयबाट म्याद थप गर्न माग गर्दा आधार लिएका विषयवस्तुमा प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको अदालतको ठहर छ ।

    जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई केन्द्रीय अनुसन्धान ब्युरोले माघ १८ मा पक्राउ गरेको थियो । बाँसबारी छाला जुत्ता कारखानालाई २५ प्रतिशत शेयर दिने गरी चौधरी समूहले च्याम्पियन फुटवेयर स्थापना गरेको थियो । सम्झौता अनुसार बाँसबारी छाला जुत्ता कारखानाले च्याम्पियन फुटवेयरमा १२ लाख लगानी गर्नुपर्ने भएपनि २६ लाख लगानी गरेको सीआईबीको भनाइ छ ।

     

    चौधरीले हड्पेको भनिएको जग्गा फिर्ता गराएर मुद्दा नचलाउने गरी राजनीतिक दबाब परेको छ । जग्गा फिर्ता गराए पनि मुद्दामा जाने प्रहरीको तयारी रहेको जनाइएको छ । जग्गा हडप्न किर्ते गरेको देखिएकाले त्यसमा अनुसन्धानपछि कानुनी प्रक्रियामा जानै पर्ने सीआईबीको अडान छ ।


    अर्थ चाैतारी
  • सोमबार, २२ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट