काठमाण्डौ । चालु आर्थिक वर्षको ६ महिनामा उच्च शिक्षालेका लागि विदेश जानेहरूले ५८ अर्ब ९५ करोड रुपैँया खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको मासिक प्रतिवेदन अनुसार पुस मसान्तसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय खर्च ६० दशमलब ६ प्रतिशतले बढेर ९२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ५८ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५७ अर्ब ८२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ३५ अर्ब ३६ करोड रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय ३६ अर्ब ६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३६ अर्ब २२ करोडले घाटामा रहेको थियो ।
अर्थ चाैतारी ।