logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बाँसबारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा

    बाँसबारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा

    1.1K
    SHARES
    बाँसबारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा

    काठमाण्डौ । बाँसबारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । काठमाण्डौ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेको हो ।



    सोमबार काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको पनि ठहर थियो ।

    जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई केन्द्रीय अनुसन्धान ब्युरोले माघ १८ मा पक्राउ गरेको थियो । जसअनुसार तीनै जना रिहा भएका हुन् ।

     

    उनीहरु रिहा भएपनि अनुसन्धान कार्य जारी रहने सीआईबीको भनाइ छ ।


    अर्थ चाैतारी
  • बुधबार, २४ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट