logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ईपीएस कोरिया भाषा परीक्षाको कार्यतालिका सूचना प्रकाशनमा ढिलाइ

    ईपीएस कोरिया भाषा परीक्षाको कार्यतालिका सूचना प्रकाशनमा ढिलाइ

    1.5K
    SHARES
    ईपीएस कोरिया भाषा परीक्षाको कार्यतालिका सूचना प्रकाशनमा ढिलाइ

    काठमाण्डौ । रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरिया भाषा परीक्षाको कार्यतालिका सूचना प्रकाशनमा ढिलाइ भएको छ ।



    कोरिया भाषाको परीक्षामा हालसम्मकै उच्च आवेदन परेकोले तीन चरणमा परीक्षा गर्ने निर्णय गर्दै यही जनवरी २० मा सूचना जारी गरी परीक्षा गराइने भनिएको थियो । विभागले अर्को सूचना निकालेर फेब्रुवरी ६ मा सूचना जारी गर्ने बताए पनि त्यसको तीन दिन बितिसक्दा समेत सूचना प्रकाशित भएको छैन ।

    कोरिया जान गत डिसेम्बर महिनामा खुलेको ‘उत्पादनमुलक क्षेत्र’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् । ईपीएस कोरिया शाखाले विद्यार्थी सङ्ख्या अत्यधिक भएकोले रुजु गरी नसकिएकाले परीक्षाको कार्यतालिका सार्वजनिक नभएको जनाएको छ । अबको ३ दिन भित्रै प्रकाशित हुने विभागले जनाएको छ ।

    सन् २००८ देखि बर्सेनि सञ्चालन हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा कोरोना सङ्क्रमणका कारण पछिल्लो दुुई वर्ष हुन सकेन । ईपीएसअन्तर्गत हालसम्म ७७ हजार नेपाली कोरिया प्रवेश गरिसकेका छन् । त्यसमध्ये हाल ३५ हजार नेपाली कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत छन् । कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, २७ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट