logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार

    यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार

    1.4K
    SHARES
    यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार

    काठमाण्डौ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ । क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ ।



    ‘कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह पुगेर कालोमोसो दलेको रिपोर्टिङ छ’, जिल्ला प्रहरी परिसर काठमाण्डौका एक अधिकारीले भने ।

    पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २९ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट