logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • आगामी असारमा विश्व बैङ्कले नेपालमा सम्मेलन गर्दै

    आगामी असारमा विश्व बैङ्कले नेपालमा सम्मेलन गर्दै

    858
    SHARES
    आगामी असारमा विश्व बैङ्कले नेपालमा सम्मेलन गर्दै

    काठमाण्डौ । विश्व बैङ्कले आगामी असारमा नेपालमा सम्मेलनको आयोजना गर्ने भएको छ । विश्व बैङ्कको सहुलित दरमा ऋण दिने संस्था (आईडी) को सम्मेलन आगामी जुन (असार)मा नेपालमा आयोजना हुने लागेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताए ।



    सम्मेलनमा विश्वभरका ९२ वटा देशका प्रतिनिधि नेपाल आउने अर्थमन्त्री डा.महतले बताए । अर्थमन्त्री महतले यो तहको उच्चस्तरीय भेला अहिलेसम्म नेपालमा आयोजना नभएको समेत बताए । सम्मेलन आयोजना भएपछि नेपालमा लगानीको बाटो अन्तर्राष्ट्रियरुपमा खुल्ने अर्थमन्त्री महतको भनाई छ ।

    उनले भने, ‘सम्मेलनमा विश्व बैंकका अध्यक्षसहित विश्वभरका ९२ वटा देशका प्रतिनिधि नेपाल आउँछन् ।’ यो सम्मेलन नेपालमा आयोजना गर्नका लागि नेपाल सरकारले विश्व बैंकलाई पत्र लेखेको थियो ।

    नेपालको पत्र पाएसँगै सुरुमा सैद्धान्तिक सहमति जनाए पनि पत्रको जवाफ नै आइसकेको अर्थमन्त्री डा।महतले बताए । अर्थमन्त्री महतले यो तहको उच्चस्तरीय भेला अहिलेसम्म नेपालमा आयोजना नभएको बताए । ‘यो पहिलो त्यस्तो भेला हुनेछ,’ उनले भने, ‘जसमा विश्व बैंकका अध्यक्षसहित विश्वभरका ९२ वटा मुलुकका प्रतिनिधि नेपालमा आउनेछन् ।’

    यो सम्मेलन आयोजना भएपछि नेपालमा लगानीको बाटो अन्तर्राष्ट्रियरुपमा खुल्ने अर्थमन्त्री महतको भनाई छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट