logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • रास्वपाले बुझायो सहकारी र लघुवित्तको समस्या समाधानसम्बन्धी प्रधानमन्त्रीलाई सुझावपत्र

    रास्वपाले बुझायो सहकारी र लघुवित्तको समस्या समाधानसम्बन्धी प्रधानमन्त्रीलाई सुझावपत्र

    702
    SHARES
    रास्वपाले बुझायो सहकारी र लघुवित्तको समस्या समाधानसम्बन्धी प्रधानमन्त्रीलाई सुझावपत्र

    काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसहितको प्रतिवेदन बुझाएको छ । सहकारीको कारणले सर्वसाधारणको करोडौं रकम फसेपछि रास्वपाले बालुवाटार पुगेर समाधानको उपाय पहिल्याउन प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको हो।



    रास्वपाको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन्। उनले भने, यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो।

     

    पछिल्लो सयम रास्वपा सभापति लामिछानेमाथि पनि विभिन्न सहकारीको रकम अबचलन गरेको आरोप लागेको छ। तर, उनले आफूले कुनै सहकारीको रकम हिनामिना नगरेको दाबी गर्दै आइरहेका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, १ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट