काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ ।
गत माघ २४ मा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले १० मेगावाटसम्मका नदी प्रवाही र अर्धजलाशययुक्त जलविद्युत् आयोजनासँग पीपीए खुलाउने निर्णय गरेको हो । आयोजनाको विद्युत मङ्सिर १५ देखि जेठ १५ सम्मको सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र जेठ १६ देखि मंसिर १५ सम्मको वर्षायामका लागि चार रुपैयाँ ८० पैसामा खरिद गरिनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० मेगावाटसम्मका आयोजनामा उत्पादन समिश्रणका आधारमा तय गरिएको पीपीए कोटा लागू नहुने व्यवस्था गरिएको बताए । उनले अब १० मेगावाटसम्मका आयोजनालाई उक्त कोटा लागू नहुने भएकाले जहिले र जति क्षमताको भए पनि पीपीए गर्न सकिने बताए ।
अर्थ चाैतारी ।