logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • वैदेशिक रोजगारीका लागि ७ महिनामा ४ लाख ५ हजारभन्दा बढी बाहिरिए

    वैदेशिक रोजगारीका लागि ७ महिनामा ४ लाख ५ हजारभन्दा बढी बाहिरिए

    819
    SHARES
    वैदेशिक रोजगारीका लागि ७ महिनामा ४ लाख ५ हजारभन्दा बढी बाहिरिए

    काठमाण्डौ । देशमै प्रयाप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीका लागि नेपालबाट युवा विदेशिएका छन् । चालु आर्थिक वर्षको सात महिनामा ४ लाख ५ हजार ५ सय ५२ नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको तुलनामा भने केही कम छ । गत वर्ष माघ मसान्तसम्म ४ लाख ७८ हजार ८ सय ३० जना कामको खोजीमा विदेशिएका थिए ।



    गत वर्ष रोजगारीका लागि मलेसियामा नेपालीको आकर्षण देखिएकोमा यो वर्षे युनाइटेड अरब इमिरेट्स (यूएई) प्रमुख गन्तव्य बनेको छ । साउनदेखि माघसम्म १ लाख १ हजार ७ सय ७८ नेपाली कामको खोजीमा यूएई पुगेका छन् ।

    यूएईलाई गन्तव्य बनाएर युरोप र अमेरिकी देश जाने क्रम बढेका कारण पछिल्लो समय यूएईमा नेपालीको बढी आकर्षण देखिएको वैदेशिक रोजगार विभागका निर्देशक तथा सुचना अधिकारी कविराज उप्रेतीले बताए । मलेसियाको रोजगारी भने ह्वात्तै घटेको छ । गत महिना मलेसियामा मात्र ६ हजार ७ सय ९५ जनाको श्रम स्वीकृति जारी भएका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, ३ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट