logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अनपेक्षित रूपमा मन्दीतर्फ धकेलियो जापानी अर्थतन्त्र

    अनपेक्षित रूपमा मन्दीतर्फ धकेलियो जापानी अर्थतन्त्र

    897
    SHARES
    अनपेक्षित रूपमा मन्दीतर्फ धकेलियो जापानी अर्थतन्त्र

    टोकियो । जापानको अर्थतन्त्र अनपेक्षित रूपमा मन्दीतर्फ धकेलिएको छ । त्यहाँको मन्त्री परिषद्को कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा सन् २०२३ को अन्तिम त्रैमासमा अर्थतन्त्र शून्य दशमलव ४ प्रतिशतले खुम्चिएको छ । अघिल्लो त्रैमासमा पनि अर्थतन्त्र वार्षिक ३ दशमलव ३ प्रतिशतले खुम्चिएको थियो ।



    डिसेम्बर त्रैमासमा अर्थतन्त्र १ प्रतिशत भन्दा धेरैले बढ्ने अपेक्षा अर्थशास्त्रीहरूले गरेका थिए । यो तथ्याङ्क प्रारम्भिक भएकोले यसमा संशोधनको आशा भने जीवितै छ ।

    लगातार २ त्रैमाससम्म आर्थिक वृद्धिदर नकारात्मक क्षेत्रमा जानुलाई अर्थशास्त्रको भाषामा आर्थिक मन्दी भनिन्छ । अक्टोबरमा बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोषले जापानलाई उछिनेर जर्मनी विश्वको तेस्रो ठुलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको थियो ।

     

    सन २०२३ मा जापानको अर्थतन्त्रको आकार ४२ खर्ब डलर आसपास छ । जर्मनीको भने ४४ खर्ब आसपास हुन सक्ने बताइएको छ । दुवै देशले आर्थिक वृद्धिको अन्तिम तथ्याङ्क सार्वजनिक गरेपछि कोषले आफ्नो वरियतामा हेरफेर गर्नेछ ।

    अमेरिकी डलरको तुलनामा जापानी येनको भाउमा आएको तीव्र कमीका अर्थतन्त्रको सूचिमा जापानको वरियता खस्किन सक्ने कोषकी डेपुटी हेड गीता गोपिनाथनले यही महिना टोकियोमा आयोजित पत्रकार सम्मेलनमा भनेकी थिइन् । एजेन्सी


    अर्थ चाैतारी
  • विहिबार, ३ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट