logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सरकारले चालु आवको ७ महिनामै २ खर्ब रुपैयाँभन्दा धेरै ऋण लियो, सार्वजनिक ऋण २३ खर्ब ८६ अर्बबढि

    सरकारले चालु आवको ७ महिनामै २ खर्ब रुपैयाँभन्दा धेरै ऋण लियो, सार्वजनिक ऋण २३ खर्ब ८६ अर्बबढि

    767
    SHARES
    सरकारले चालु आवको ७ महिनामै २ खर्ब रुपैयाँभन्दा धेरै ऋण लियो, सार्वजनिक ऋण २३ खर्ब ८६ अर्बबढि

    काठमाण्डौ । नेपालको सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएको माघसम्म नेपाल सरकारको ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये ११ खर्ब ८४ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक र १२ खर्ब दुई अर्ब २४ करोड रुपैयाँ बाह्य ऋण रहेको छ ।



    सरकारले चालु आर्थिक वर्षको सात महिनामै दुई खर्ब रुपैयाँभन्दा धेरै ऋण लिएको छ । साउनदेखि माघसम्मको सात महिनामा दुई खर्ब दुई अर्ब ४३ करोड रुपैयाँ ऋण थपिएको छ । सात महिनामा सरकारले एक खर्ब ५० अर्ब ३१ करोड रुपैयाँ आन्तरिक र ५२ अर्ब १२ करोड ६ लाख रुपैयाँ बाह्य ऋण लिएको छ ।

    यस्तै सात महिनामा सरकारले एक खर्ब ५५ अर्ब २४ करोड रुपैयाँ ऋण तिरेको छ । आन्तरिकतर्फ एक खर्ब ३० अर्ब ११ करोड र बाह्यतर्फ २५ अर्ब १३ करोड रुपैयाँ ऋण तिरेको कार्यालयले जनाएको छ । सात महिनामा सरकारले एक खर्ब १० अर्ब रुपैयाँ साँवा भुक्तानी गरेको छ । यस्तै ४४ अर्ब १४ करोड रुपैयाँ ब्याज मात्रै तिरेको छ । नेपालको तिर्न बाँकी सार्वजनिक ऋणको आकार वार्षिक बजेटभन्दा छ खर्ब ३५ अर्ब रुपैयाँभन्दा धेरै भएको छ ।

     

    पछिल्लो पाँच वर्षमा मात्रै सरकारी ऋण दोब्बर भएको छ । आर्थिक वर्ष २०७५–७६ मा सरकारी ऋण १० खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ बराबर थियो । यस्तो ऋण बर्सेनि बढेर आर्थिक वर्ष २०७६–७७ मा १४ खर्ब ३३ अर्ब, आर्थिक वर्ष २०७७–७८ मा १७ खर्ब ३७ अर्ब र आर्थिक वर्ष २०७८–७९ मा २० खर्ब १३ अर्ब रुपैयाँ पुगेको थियो ।

     

    सरकारले लिएको ऋण पुँजी निर्माणमा भन्दा पनि साधारण खर्च टार्न खर्च गर्दा यसले गतिलो परिणाम नदिने अर्थविद्हरूले चेतावनी दिएका छन् ।


    अर्थ चाैतारी
  • शनिबार, ५ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट