काठमाण्डौ । सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीनजनाको नाम सिफारिस गरेको छ । शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले आइतबार तीनजनाको नाम सिफारिस गरेको हो।
सूचीमा परेका १४ जना प्रतिस्पर्धीमध्ये समितिले अङ्कभार तथा मापदण्डका आधारमा क्रमशः चित्रबहादुर बुढाथोकी, केशरजङ्ग बराल र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको हो । शिक्षा मन्त्रालय सचिव तथा उपकुलपति सिफारिस समितिका सदस्य सुरेश अधिकारीका अनुसार प्राध्यापक, पिएचडी गरेको, अनुसन्धान गरेकोलगायत योग्यता र अनुभव हेरेर सिफारिस गरिएको हो ।
यसै साताभित्र प्रधानमन्त्री तथा कुलपति प्रचण्डले उपकुलपति तोक्ने तयारी गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अर्थ चाैतारी ।