logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भारतको प्रविधि क्षेत्रमा ६० हजार रोजगारी थपिने अनुमान

    भारतको प्रविधि क्षेत्रमा ६० हजार रोजगारी थपिने अनुमान

    988
    SHARES
    भारतको प्रविधि क्षेत्रमा ६० हजार रोजगारी थपिने अनुमान

    नयाँ दिल्ली । आर्थिक वर्ष २०२३–२४ मा भारतको प्रविधि क्षत्रेमा ६० हजार नयाँ रोजगारी थपिने अनुमान गरिएको छ । योसँगै यस क्षेत्रमा कार्यरत कूल कर्मचारीको सङ्ख्या ५४ लाख ३० हजार पुग्नेछ । तर थपिएको यो रोजगारी अघिल्लो आवको तुलनामा निकै कम हो ।



    आव २०२२–२३ मा यस क्षेत्रले २ लाख ७० हजार रोजगारी सृजना गरेको थियो । अमेरिका र युरोप लगायत मुख्य बजारमा बृहत् आर्थिक सुस्तीका कारण माग घटेको छ । यस्तोमा भारतको आइटी उद्योगको रोजगारीको अवस्था पनि प्रभावित भइरहेको छ ।

    भारतको आइटी सेवा उद्योगको आकार करिब २ खर्ब ५० अर्ब डलर बराबरको छ । कूलमध्ये ६० देखि ८० प्रतिशत आम्दानीको स्रोत उत्तर अमेरिका र युरोप हो । कोभिडको बेलामा आइटी क्षेत्रमा अति नै धेरै रोजगारी सृजना भयो । यतिबेला केही हदसम्म करेक्सन देखिन थालेको विश्लेषकहरू बताउँछन् । एजेन्सी


    अर्थ चाैतारी
  • सोमबार, ७ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट