logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • त्रिविका उपकुलपति केशरजंग बरालको पदबहाली

    त्रिविका उपकुलपति केशरजंग बरालको पदबहाली

    806
    SHARES
    त्रिविका उपकुलपति केशरजंग बरालको पदबहाली

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशरजंग बरालले पद बहाली गर्नुभएको छ । कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उहाँले आज पद बहाली गरेका छन् ।



    उनलाई निमित्त उपकुलपति प्रा. शिवलाल भुसालले पदवहाली गराएका हुन् । कार्यक्रममा त्रिविका शिक्षाध्यक्ष, रजिस्ट्रार, डिनहरूलगायत पदाधिकारी र प्राध्यापक, कर्मचारी सहभागी थिए ।

    प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले हिजो बराललाई त्रिविको नयाँ उपकुलपतिमा नियुक्त गरेका थिए । उनी यसअघि पोखरा विश्वविद्यालयका उपकुलपति थिए ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा रहेको छनोट समितिमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य उपप्राध्यापक चन्द्रकला घिमिरे सदस्य थिए।

    १९ औं उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालय कात्तिक १७ गतेदेखि उपकुलपतिविहीन थियो।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट