काठमाण्डौ । ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्थाका साथै बीमा कम्पनीहरु बन्द हुनेछन् ।
साथै, आज अन्य सार्वजनिक निकाय पनि बन्द रहनेछन्।
अब शेयर बजार भोलि मंगलबार खुल्नेछ। हिजो आइतबार नेप्से परिसूचक २२.१० अंकले बढेर बन्द भएको थियो। नेप्से परिसूचक २०५२.६५ को विन्दुमा पुगेको थियो।
अर्थ चाैतारी ।