logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बेलायतमा मन्दीका कारण बढ्यो बेरोजगारी, घट्यो ज्याला वृद्धिदर

    बेलायतमा मन्दीका कारण बढ्यो बेरोजगारी, घट्यो ज्याला वृद्धिदर

    1.2K
    SHARES
    बेलायतमा मन्दीका कारण बढ्यो बेरोजगारी, घट्यो ज्याला वृद्धिदर

    काठमाण्डौ । बेलायतको श्रम बजार कमजोर बन्दा बेरोजगारी बढेको छ। योसँगै ज्याला वृद्धि पनि घटेको छ। यसले बेलायतको अर्थतन्त्र सुस्ताएको संकेत गर्छ।



    बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत डिसेम्बरमा बेरोजगारी दर ३.८ प्रतिशत थियो। जनवरीमा बेरोजगारी दर अप्रत्याशित रुपमा बढेर ३.९ पुगेको छ। जब कि बोनससहित वार्षिक औसत ज्याला वृद्धि अघिल्लो महिनाको ५.८ प्रतिशतबाट घटेर ५.६ प्रतिशतमा झरेको छ।

    रोजगारदाताहरुले नयाँ कर्मचारी भर्ना कटौती गरेका छन्। त्रैमासिकमा विज्ञापन गरिएका रिक्त पदहरुको संख्या ४३ हजारले घटेर ८ लाख ८ हजारमा झरेको छ।

    सन् २०२३ को अन्तिम ६ महिनाको मन्दीले बेलायतको श्रम बजारमा ठूलो प्रभाव परेको विज्ञहरुले बताएका छन्। –एजेन्सी


    अर्थ चाैतारी
  • बुधबार, ३० फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट