logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भाइबर सामाजिक सञ्जालका रुपमा नेपालमा सूचीकृत

    भाइबर सामाजिक सञ्जालका रुपमा नेपालमा सूचीकृत

    1.6K
    SHARES
    भाइबर सामाजिक सञ्जालका रुपमा नेपालमा सूचीकृत

    काठमाण्डौ । नेपालमा भाइबर औपचारिक रुपमा सामाजिक सञ्जालका रुपमा सूचीकृत भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार पहिलोपटक भाइबर नेपालमा सूचीकृत गरिएको हो ।



    सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार पहिलोपटक ‘भाइबर’ सामाजिक सञ्जालका रुपमा नेपालमा सूचीकरण भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिएका छन्।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको निर्देशिकाबमोजिम तोकिएको प्रक्रिया पूरा गरेर भाइबर सूचीकरण गरिएको हो । पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोग बढेको भन्दै गत कात्तिक २३ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यसलाई नियमन गर्न सूचीकरणको नियम ल्याएको थियो ।

    नेपालमा सूचीकृत हुनका लागि सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले आफैँ उपस्थित भई वा आफ्नो प्रतिनिधि वा अनलाइन माध्यमबाट समेत निवेदन दिन सक्ने नियम छ।

    निर्देशिकामा नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण हुनुपर्ने नियम उल्लेख छ। एक लाखभन्दा बढी प्रयोगकर्ता रहेका सामाजिक सञ्जाल सञ्चालकलाई नेपालमै कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था राखिएको छ। तीनका सञ्चालकहरुले नेपालमा सम्पर्क कार्यालय वा सम्पर्क व्यक्ति तोक्निुपर्ने नियम पनि रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३० फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट