logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभाग र सेजनबीच सहकार्य गर्ने सम्झौता

    त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभाग र सेजनबीच सहकार्य गर्ने सम्झौता

    1.6K
    SHARES
    त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभाग र सेजनबीच सहकार्य गर्ने सम्झौता

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता भएको छ ।



    अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा।डा शिवराज अधिकारी र सेजन अध्यक्ष सुजन ओलीले बुधबार एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    सम्झौताअनुसार अर्थतन्त्रसँग जोडिएका विभिन्न विषयमा संयुक्त रुपमा अध्ययन एवम् अनुसन्धान, सिकाइ कार्यक्रम सञ्चालन, ज्ञानको आदान–प्रदान (नलेज एक्सचेञ्ज) का लागि दुई संस्थाले सहकार्य गर्नेछन् ।

    त्यसैगरी, बौद्धिक, प्राज्ञिक एवम् अनुसन्धानात्मक कार्यमा सहकार्य सँगै तथ्यमा आधारित नीति निर्माणका लागि पहलकदमी गर्ने र सम्बन्धित पक्षलाई सुझाव दिने पनि सम्झौतापत्रमा उल्लेख छ ।


    अर्थ चाैतारी
  • विहिबार, १ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट