logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ग्लोबल मनी विकः कास्की जिल्लामा नेपाल राष्ट्र बैंकले निबन्ध प्रतियोगिता गर्ने

    ग्लोबल मनी विकः कास्की जिल्लामा नेपाल राष्ट्र बैंकले निबन्ध प्रतियोगिता गर्ने

    2.9K
    SHARES
    ग्लोबल मनी विकः कास्की जिल्लामा नेपाल राष्ट्र बैंकले निबन्ध प्रतियोगिता गर्ने

    काठमाण्डौ । ग्लोबल मनी विकका अवसरमा नेपाल राष्ट्र बैंकले निबन्ध प्रतियोगिता गर्ने भएको छ। राष्ट्र बैंकको पोखरा कार्यालयले आज एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो।



    राष्ट्र बैंकका अनुसार कास्की जिल्लाभित्रका प्ल टुमा अध्ययनरत विद्यार्थी यो प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। ‘आफ्नो पैसाको रक्षा गरौँ, आफ्नो भविष्यको सुरक्षा गरौँ’, ‘युवा वर्गमा वित्तीय शिक्षाको महत्व’ वा ‘उद्यमशीलतामा वित्तीय क्षेत्रको खेलेको भूमिका’ विषयमध्ये कुनै एक शीर्षकमा विद्यार्थी निबन्ध लेख्न सक्नेछन्।

    एउटा विद्यालयले प्रतियोगितामा सहभागी हुने बढीमा दुईजना विद्यार्थी मनोनयन गर्न सक्छन्। मनोनयन दर्ता गर्ने अन्तिम मिति चैत ७ गते कार्यालय समयसम्म हुनेछ।

    निबन्ध प्रतियोगिता चैत १० गते बिहान ८ बजेदेखि ९ बजेसम्म राष्ट्र बैंकको पोखरा कार्यालयमा हुनेछ। विश्वभर हरेक वर्ष ग्लोबल मनी विक मनाइन्छ। यसपालि चैत ५ गतेदेखि ११ गतेसम्म सहप्ताव्यापी यो कार्यक्रम मनाइँदैछ।


    अर्थ चाैतारी
  • विहिबार, १ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट