logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • सहकारी सञ्चालकलाई थुनेर पीडितको पैसा फिर्ता हुँदैन, समय दिनुपर्छः मन्त्री गिरी

    सहकारी सञ्चालकलाई थुनेर पीडितको पैसा फिर्ता हुँदैन, समय दिनुपर्छः मन्त्री गिरी

    819
    SHARES
    सहकारी सञ्चालकलाई थुनेर पीडितको पैसा फिर्ता हुँदैन, समय दिनुपर्छः मन्त्री गिरी

    काठमाण्डौ । कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले एकाध सहकारी र तिनका सञ्चालकको बेइमानीलाई लिएर सिंगो सहकारी आन्दोलन र सहकारी संस्थाहरुको बदनाम गर्ने भाष्य स्थापित गर्ने प्रयास भइरहेकाले त्यसको प्रतिकार गर्नुपर्ने बताएका छन्।



     

    बिहीबारबाट काठमाडौँमा शुरु भएको राष्ट्रिय सहकारी महासंघको आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले यस्तो बताएका हुन्। उनले सहकारीहरु समस्याग्रस्त हुँदाको समयसम्म राज्यका नियमनकारी निकाय के हेरेर बसिरहेको थियो भनेर समेत प्रश्न गरे।

     

    ‘अहिले सहकारीका सवालमा यति ठूलो अफवाहहरु श्रृजना गरियो फैलाइएको छ। केही सहकारी संस्थाहरुले सहकारीका मूल्यमान्यता सिद्धान्त भन्दा बाहिर गएर कारोबार गरे। राज्य कहाँ थियो, हेर्ने निकायहरु कहाँ थिए, त्यसलाई हेर्ने अधिकारीहरु कहाँ थिए? के गरेर बसिरहेका थिए? किन गाडी चढेको, किन तलबभत्ता खाएको किन सुविधा लिएको? जुनजुन काम परिभाषित जिम्मेवारी हो। त्यसमा ध्यान दिनुपर्थ्यो नि?’, सम्बोधनका क्रममा उनले प्रश्न गरे।

     

    गिरीले नीतिनियम भन्दा बाहिर गएर सहकारीले ठूलाठूला हाउजिङ, प्लटिंग र गाडीमा अर्बौंको लगानी गर्दा राज्यलाई थाहा नहुनु र एकैपल्ट पहाड पल्टिएजस्तो भएपछिमात्र थाहा नहुनु आफैमा दुखद् अवस्था भएको भनाइ राखे।

     

    ‘ठूलाठूला हाउजिङमा , ठूलाठूला प्लटिङमा, गाडीमा अनेकअनेकमा अरबौंअरब लगानी भइराख्दाखेरि ती सर्वसाधारणबाट २–४ लाख, २ हजार, ४ हजार यसरी उठाएको पैसा लगाइराख्दाखेरि राज्यलाई थाहा नहुनी,अनि एक्कैचोटी पहाड पल्टिएजस्तो भएपछि बल्ला थाहा पाउने’ उनले भने। यसैगरी उनले केही सहकारी संस्थाहरुले बदनाम कमाए भन्दैमा सिंगो सहकारी आन्दोलन नै गलत थियो भन्नेगरी जबरदस्त त्यो भाष्य स्थापित गर्न खोजिएको कुरा आफूहरुका लागि स्वीकार्य नहुने भनाइ राखे।

     

    उनले यसैगरी संचालकलाई लगेर थुनेर हालको सहकारी समस्याको समाधान नहुने धारणा पनि सो क्रममा राखे। उनले संचालक थुन्ने काममात्र राज्यले गर्ने हो भने सहकारी बचतकर्ताको रकम फिर्ता नभएर झन भयावह स्थिति आउनसक्ने भएकाले व्यावहारिक्तालाई हेरेर सोही अनुसार सञ्चालकहरुलाई केही समय दिनुपर्ने बताए।


    अर्थ चाैतारी
  • विहिबार, १ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट