logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सीआईबीका प्रमुख बज्राचार्य विभागीय कारबाहीमा, नयाँ प्रमुखमा श्यामलाल ज्ञवाली

    सीआईबीका प्रमुख बज्राचार्य विभागीय कारबाहीमा, नयाँ प्रमुखमा श्यामलाल ज्ञवाली

    1.6K
    SHARES
    सीआईबीका प्रमुख बज्राचार्य विभागीय कारबाहीमा, नयाँ प्रमुखमा श्यामलाल ज्ञवाली

    काठमाण्डौ । सरकारले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीका प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाही गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले एआईजी किरण बज्राचार्यलाई प्रहरीको कार्य विभागमा सरुवा गरेर थप
    अनुसन्धान गर्ने निर्णय गरेको हो ।



    सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि उनलाई विभागीय कारबाही गरेको हो।

    उनको ठाउँमा एआईजी श्याम ज्ञवालीलाई प्रमुख बनाइएको छ । सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जानकारी दिइन ।

    गृह मन्त्री रवि लामिछानेले शुक्रबार बिहान गृहसचिव, आइजिपीसहितका अधिकारीहरूलाई बोलाएर एआइजी बज्राचार्यलाई कारबाही गर्न निर्देशन दिएका थिए।

    एआइजी बज्राचार्यलाई विभागीय कारबाही गर्न सुझाइएको प्रतिवेदन गृहमन्त्री रवि लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका थिए।

    ६० किलो सुन प्रकरणको अनुसन्धान गर्दा मुख्य अभियुक्त भगाएको, आरोपीहरूले दिएको बयानको कागज च्यातेको लगायतका कमजोरी सिआइबीबाट भएको प्रतिवेदनमा उल्लेख छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट