logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भारत बाहेक तेस्रो मुलुकका पर्यटकले नेपालमा क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न सक्ने

    भारत बाहेक तेस्रो मुलुकका पर्यटकले नेपालमा क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न सक्ने

    2.6K
    SHARES
    भारत बाहेक तेस्रो मुलुकका पर्यटकले नेपालमा क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न सक्ने

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाले त्यस्तो भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था गरेको छ । भारत बाहेक तेस्रो मुलुकबाट आउने पर्यटकले नेपालमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् ।



    राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै ‘नेसनल पेमेन्ट स्वीच’ मार्फत विदशमा जारी भएको ‘क्यूआर कोड’ बाट हुने भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था गरेको हो ।

    ‘नेपाली व्यवसायीले वस्तु तथा सेवा बिक्री गरेबापतको परिवत्र्य विदेशी मुद्रा नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको खातामा प्राप्त हुने गरी विदेशमा जारी भएको क्यूआर कोडमार्फत नेसनल पेमेन्ट स्वीचका माध्यमबाट स्वीकार गर्न सकिने छ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा छ, ‘यस्तो कारोबारमा निहित रहने सम्पूर्ण जोखिम र सोको निराकरण–न्यूनीकरणका उपाय सम्बन्धित वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंक आफैंले विश्लेषण तथा व्यवस्थापन गर्नुपर्ने छ ।’


    अर्थ चाैतारी
  • शनिबार, ३ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट