logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति

    मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति

    1K
    SHARES
    मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति

    मोरङ । मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा रु एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ ।



     

    मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन ।

     

    आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यालय पथरीले जनाएको छ । रासस


    अर्थ चाैतारी
  • आइतबार, ४ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट