logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • जग्गा हडपेको छैन, भ्रमपूर्ण समाचार प्रति गम्भिर ध्यानाकर्षण छ: हिमालयन इन्टरप्राईजेज

    जग्गा हडपेको छैन, भ्रमपूर्ण समाचार प्रति गम्भिर ध्यानाकर्षण छ: हिमालयन इन्टरप्राईजेज

    1.1K
    SHARES
    जग्गा हडपेको छैन, भ्रमपूर्ण समाचार प्रति गम्भिर ध्यानाकर्षण छ: हिमालयन इन्टरप्राईजेज

    काठमाण्डौ । हिमालयन इन्टरप्राईजेज प्रा.लि. को पुल्चोक स्थित जग्गा सम्वन्धमा भ्रमपूर्ण समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । हिमालयन इन्टरप्राइजेजको स्वामित्वमा रहेको सम्पत्तिमा एक निश्चित गुटले गलत दाबी गरेको भन्दै भ्रमपूर्ण समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।



     

    उक्त जग्गा रातो मच्छिन्द्रनाथसँग सम्बन्धित ञवाः गुठीको जग्गा रहेको र हिमालयन इन्टरप्राइजेजले सो जग्गा हडप्न खोजेको भन्ने केही समूहले लगाएको आरोप खण्डन गर्दै हिमालयन इन्टरप्राइजेजले प्रेस विज्ञप्ति जारी गरेको हो।

     

    हिमालयन इन्टरप्राइजेजले शनिबार प्रेस विज्ञप्ति जारी गरी तीन दशक लामो कानुनी लडाइँबाट आफ्नो स्वामित्व प्राप्त गरेको जग्गामा हाल केही समूहले कुनै आधार र प्रमाणबिना अनधिकृत रूपमा जग्गा कब्जा गर्ने, विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा अनर्गल प्रचार गरी हिमालयन इन्टरप्राइजेज र यसका सञ्चालकहरूको व्यक्तिगत मान, प्रतिष्ठा तथा इज्जतमा समेत हिलो छ्याप्ने प्रयास गरिरहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

     

    धेरै पक्षहरूसँग दशकौंको कानुनी झगडापछि हिमालयन इन्टरप्राइजेजलाई कानूनी रूपमा हक मालिकको रूपमा सुनिश्चित गरिएको भएपनि अहिले एक समूहले त्यसमाथि झुटो र आधारहीन दाबी गर्दै मिडिया र सामाजिक सञ्जालमा गलत र भ्रामक सूचना प्रवाह गरिरहेको जनाएको छ । यस विषयमा गम्भिर चासो छ र यसका लागि सबै पक्षबाट सहयोगको अनुरोध गर्दै सञ्चार जगतलाई पनि सत्य तथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ।’

    हिमालयन इन्टरप्राईजेज प्रा.लि. को ध्यानाकर्षणमा यस्तो लेखिएको छ ः,

    २०३८ साल देखि विभिन्न तहगत न्यायिक निकायवाट कानूनी उपचारको माध्यमवाट हिमालयन इन्टरप्राईजेज प्रा.लि.का नाममा हक कायम भएको पुलचोक ललितपुर स्थित कित्ता नं. ४३ को ४–४–१–० रोपानी जग्गा सम्वन्धमा विगत केही दिन देखि केही समुहले उक्त जग्गा माथी अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गरि रहेको र कम्पनीका संचालकहरुको व्यक्तिगत मान, प्रतिष्ठामा आँच आउने गरि बिभिन्न संचार माध्यम, सोसल मिडियाहरुमा भ्रमपूर्ण समाचारहरु सम्प्रेषण गरिएको प्रति यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।
    मिति २०५१/०२/१० मा कम्पनी खरिद संगै कम्पनीको सम्पत्तीको रुपमा आएको उक्त कि.नं. ४३ को जग्गा छुट दर्ता सम्वन्धमा श्री सर्वोच्च अदालतवाट मिति २०५७/०२/३२ मा भएको फैसला एवं (सम्वत् २०५९ को रिट नं. २७९९) मिति २०६२/०७/०१ मा भएको परमादेशको आदेशमा मालपोत कार्यालयवाट कानून वमोजिम गर्नु भनि भएको फैसला अनुरुप कार्वाही हुँदा मिति २०६६/०४/१२ मा वडा नं. ३ को कार्यालयवाट गरिएको सर्जमिन मुचुल्कामा मिखावहाल गुठी, छायवहाल ञवा खल लगायतका सम्पुर्ण गुठि तथा सम्वन्धीत पक्षहरुले कम्पनीको जग्गा भनी सर्जमिन गरे पश्चात उक्त जग्गा कम्पनीको नाममा दर्ताका लागि सिफारिस भए अनुरुप मिति २०६७/०९/२९ मा हिमालयन इन्टरप्राईजेजको नाममा छुट जग्गा दर्ता गर्ने निर्णय भई जग्गाधनी प्रमाण पुर्जा समेत जारी भई आएको व्यहोरा जानकारी गराउदछौं । सो जग्गा सम्वन्धमा विभिन्न व्यक्तिहरुले हकदावीे गरि मालपोत कार्यालय, पुनरावेदन अदालत एवं सर्वोच्च अदालतमा मुद्दा गरेतापनि उक्त जग्गा कम्पनीको कायम हुने भनी मुद्दा नं. (०७४–ऋक्ष्–०४८२) र (०७४–ऋक्ष्–०४८४) मा श्री सम्मानित सर्वोच्च अदालतवाट मिति २०७९/११/२३ अन्तिम फैसला भईसकेको अवगत गराउदछौं ।
    यस कम्पनीले कानून वमोजिम प्राप्त गरेको जग्गालाई विना आधार प्रमाण अनर्गल भ्रम फैलाई सामुहिक रुपमा जग्गा माथी अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गर्ने कार्य नगर्न नगराउन हुन सम्वन्धित पक्षहरुलाई अनुरोध गर्नुका साथै सम्पूर्ण संचार मध्यमहरुले समेत सत्य तथ्य बुझी समाचार सम्प्रेषण गरिदिनु हुन समेत अनुरोध गर्दछौं ।


    अर्थ चाैतारी
  • आइतबार, ४ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट