logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बाँसबारी जग्गा प्रकरणमा सांसद विनोद चौधरीको सीआईबीले बयान लिने

    बाँसबारी जग्गा प्रकरणमा सांसद विनोद चौधरीको सीआईबीले बयान लिने

    1.3K
    SHARES
    बाँसबारी जग्गा प्रकरणमा सांसद विनोद चौधरीको सीआईबीले बयान लिने

    काठमाण्डौ । बाँसबारी जग्गा प्रकरणमा सांसद विनोद चौधरीको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिने भएको छ । गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका छन्।



    उपप्रधान तथा गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र नेपाल प्रहरकी केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख श्यामलाल ज्ञवालीलाई उक्त निर्देशन दिएका हुन्।

    गृहमन्त्री लामिछानेको सचिवालयका अनुसार निर्देशनपछि चौधरीको बयान लिइने भएको छ। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा केही पहिले विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका थिए।

    मन्त्रालयमा आयोजित भेटघाटमा मन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पनि सो प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, ४ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट